मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कोरोनाभाईरसबाट पीडित नेपालीहरुका लागि के गर्दैछ एनआरएनएले ? अहिलेसम्म भएका कामको संक्षिप्त सारांश (तथ्याङ्कसहित)

सोमबार, बैशाख १५ २०७७

काठमाडौं । कोरोना भाईरसबाट पीडित नेपालीहरुका लागि गैरआवासी नेपाली संघ(एनआरएनए) ले अहिले आफ्ना सबै एनससीहरु मार्फत काम गरिरहेको छ । एनआरएनले अहिलेसम्म गरेकाका कामको संक्षिप्त सारांश (तथ्याङ्कसहित) प्रस्तुत छ ।

१) गैरआवासीय नेपाली संघको COVID-19 सम्बन्धी उच्चस्तरीय समितिले RRR (Relief, Repatriation, and Rehabilitation; राहत, स्वदेश फिर्ता र पुनर्स्थापना) को कार्यक्रम अगि सारेको छ। अहिले सम्म गरेको राहतको सारंश यस प्रकार छ।

क) ४१ देशका १५० भन्दा बढी क्षेत्र (शहर) मा ९०० भन्दा बढी स्वयमसेवकहरु राहतमा खटिएका छन् ।

ख) २४ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामाग्री प्राप्त गरेका छन् ।

ग) एनसिसि र आईसिसिले स्थापना गरेको २४औं घण्टे हटलाईनबाट ७ हजार भन्दा बढी नेपालीहरुले परामर्श लिएका छन् ।

घ) ७० जना भन्दा बढी मेडिकल डाक्टरहरुले १२०० जना भन्दा बढी नेपालीलाई स्वास्थ्य सम्बन्धी परामर्श दिएका छन् ।

ड) राष्ट्रिय समन्वय परिषदहरुले पौने ३ करोड रुपैंयाको राहत कोष खडा गरि सकेका छन्, यो कोष बढ्दो छ।

च) एनआरएनए कोरिया, चाईना, मकाउ, हङ्कङ्, युएईले रु २ करोड भन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् ।

छ) अन्तर्राष्ट्रिय समन्वय परिषदले रु ५ करोडको राहत कोष लक्ष सहित फण्ड रेजिङ क्याम्पेन अगाडी बढाएको छ । यसको लागि संघले crowdfunding campaign (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाईन (www.nrna.org/donate) मार्फत डोनेसन गर्न सकिने छ।


ज) स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसिसिले राहत रकम वितरण गर्न शुरु गरेको छ । हाल सम्म मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५-५ हजार युएस डलर र र युरोपको साईप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ । आवश्यकता अनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउदै जानेछौं ।

२) Control and Safe Repatriation नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनितिक योजना बनाई सरकारलाई बुझाएका छौं, जुन योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।

३) Rehabilitation (पुनर्स्थापन): स्वदेश फिर्ता भएका नेपालीहरुलाई कसरी पुनर्स्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्ने बारे योजना बन्दै छ ।

४) स्वास्थ्य समितिले महामारीको शुरु देखि नै स्वास्थ्य शिक्षामुलक सामाग्रीहरु तयार गरी विधुतिय माध्यम र सोसिएल मेडियाबाट Awareness, Prevention and Promotion को कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम जारी छ ।

५) स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेहरुको तथ्याङ्क पार्ने गरेको छ । २५ अप्रील २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् ।

६) Relief, Repatriation, and Rehabilitation कार्यक्रमको लागि नेपाल सरकार, सरोकारवाला निकायहरु, विदेश स्थित नेपाली कुटनितिक नियोगहरु र अन्तर्राष्ट्रिय सँघ सँस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै आएकाछौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार