जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संचालन गरेको कोभिड-१९ राहत कोषलाई जापानका सफल एबम युवा ब्यवसायी केशब अधिकारीले ७ लाख सहयोग गरेका छन ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा जापानबाट मनका धनि अधिकारीले ७ लाख रूपैया सहयोग गरेको बताए ।

उनले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह समेत गरे । अधिकारीले आफुले बिदेशमा रहेका कुनै नेपालि समस्यामा नपरुन भनेर खुल्ला मनले उक्त सहयोग गरेको बताए ।
यो रकम हालसम्मकै कोभिड-१९ राहतकोषको लागि आएको ठुलो रकम हो ।