मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए साउदीद्वारा ७५ जना श्रमिक पिडित नेपालीहरुको उद्धार

बिहिबार, बैशाख ११ २०७७

साउदी अरब / साउदी अरब दम्माम क्षेत्र ईमाद हुमान रिसोर्स कम्पनी टोयोटा रोड कार्यरत नेपाली श्रमिक नेपालीहरुले विगत २ महिना देखी तलब सुबिधा नपाउँदा बिहान बेलुकी समेत छाक टार्न समस्या पर्दा एनआरएनए साउदीद्वारा ७५ जना श्रमिकहरुलाई खाधान्न समान उपलब्ध गराई उद्धार गरेको छ ।

करिब डेड बर्ष पहिले साउन्डलाईन ओभर्सिज मेनपावर बाट आएका नेपालीहरु कोरोनाको कहर सँगै पिडित बनेका थिए । यसरि तलब नपाएको र खानलाई समस्या भएका कारण पिडित नेपाली श्रमिक हरुले अन्तिम बिकल्पको रुपमा आपसमा जुटी दुताबास समेतलाई जानकारी गराइ सोहि कम्पनीको रुममानै बसिरहेका थिए ।

तलब नपाउँदा आर्थिक अभावका कारण बिहान् बेलुका छाक टार्न समेत कठिनाई परेको कुरा सम्बन्धित कम्पनीका पीडितहरु बाट जानकारी गाराउदै सहयोगका २६ जनाले एनआरएन साउदीलाई निबेदेन दिएका थिए । एनआरएनए साउदीले बास्तविकता सत्य तथ्य बुझेर उहाँहरु उक्त कम्पनीमा २ बर्ष पनि नपुगेको अबस्थामा मेन पावर कम्पनीको पनि जिम्मेवारी रहेकाले नेपाली राजदूतावासको समन्वयमा मेनपावर कम्पनीबाट सोधभर्ना हुने गरि मानवीय आवस्यकताको राहत सामग्री पिडितहरुलाई प्रदान गरेका छन् ।

यसै गरि अक्सफोर्ड मेनपावर बाट आएका सोहि ईमाद हुमान रिसोर्स कम्पनी जुबेल रोड कार्यरत नेपाली थप ४० जना नेपाली श्रमिक हरु पनि उस्तै समस्यामा रहेका, सुगम ओभरसीज मेनपावर बाट आएका फाहद अल मुर्सिद कम्पनी खोबरमा कार्यरत थप नेपाली ९ जना पिडित श्रमिक हरुलाई पनि नेपाली राजदूतावासको समन्वयमा मेनपावर कम्पनीबाट सोधभर्ना हुने गरि मानवीय आवस्यकताको राहत पिडितहरुलाई प्रदान गरेका छन् ।

राहत सामाग्रीमा २६ जनाको लागि २४० किलो चामल, ३० किलो दाल, १८ लिटर तेल, 7 पिस नुन, 1 किलो मसला, ३ पकेट खुर्सानी, ४० जनाको लागि
४०० किलो चामल, ६० किलो दाल, १८ लिटर तेल, २५ पिस नुन, ४ किलो मसला, ३ किलो खुर्सानी, र ९ जनाको लागि ३० किलो चामल, ७ किलो दाल, ४ लिटर तेल, २ पिस नुन, ३ पकेट मसला, २ पकेट खुर्सानी उपलब्ध गराएका थिए ।

यस मानवीय आवस्यकताको राहतको लागि एनआरएन आईसीसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, अन्तर्राष्ट्रिय मुस्लिम समाजका संरक्षक राजु सैयद, एनआरएन साउदीका अध्यक्ष तेज थापा, दुताबास दम्माम कन्सुलरका प्रतिनिधि हरि घिमिरे र LCC खोबरका अध्यक्ष विष्णु प्रसाद भण्डारी हरुले टिमले बिशेष भुमिका खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार