मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनएद्धारा विदेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीसँग वार्ता, यस्तो भयो कुराकानी

मंगलबार, बैशाख २ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीसँग वार्ता गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्रीलाई नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेकोबारे मन्त्री ज्ञवालीलाई अवगत गराइएको छ।

थप जानकारी :

विभिन्न मुलुकमा रहनुभएका नेपालीको अवस्थाका बारेमा परराष्ट्रमन्त्री मा प्रदीप ज्ञवालीसँग आज लामो कुराकानी भएको छ । धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेकोबारे मन्त्री ज्ञवालीलाई अवगत गराएको छु ।
उहाँहरूलाई उद्दार र राहत पुर्‍याउने विषयमा पनि छलफल भयो । विभिन्न मुलुकमा रहनुभएका नेपालीको बारेमा आफूले पनि दूतावास लगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको उहाँले बताउनुभयो ।
साथै, उहाँले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहनुभएका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरेको र त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको जानकारी पनि उहाँले दिनुभयो । यो अप्रिल महिनाभरि जो जहाँ छौँ, धैर्यतापूर्वक त्यहीँ रहन आग्रह गर्दै उहाँले त्यसपछि परिस्थितिको जटिलता हेरी निर्णय गर्ने बताउनुभएको छ । आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने विश्वास पनि उहाँले दिलाउनुभएको छ । तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहनुभएका नेपालीलाई सहायता पुर्‍याउने समझदारी पनि बनेको छ ।
धेरै मुलुकमा दूतावास र गैरआवासीय नेपाली संघसमेतको पहलमा सहायता पुर्‍याउने काम भइरहेको पनि छ । यसलाई थप प्रभावकारी बनाउँदै उद्दारका काम पनि समन्वयमा गर्न हामी सहमत भएका छौँ । जो जहाँ छौँ, सतर्क र सुरक्षित रहौँ । सहयोग आवश्यक परे दूतावास वा आईसीसी सचिवालय, एनसीसी एवं फोकल पर्सनलाई सम्पर्क गर्न अनुरोध गर्दछौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार