बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए साउदीले शुरु गर्यो कोरोना प्रभावित उद्धार तथा सहयोग अभियान

शनिबार, चैत्र २९ २०७६

साउदी अरबमा कोरोनाको चपेटामा परी १०-अप्रिल सम्म संक्रमित संख्या ३६५१ पुगेको छ जसमा ४७ जनाले ज्यान गुमाइसकेका छन भने ५ जना नेपाली समेत कोरोनाको चपेटामा परे लगत्तै गैर आवासिय नेपाली संघ साउदी अरबले उक्त कार्यदललाई साउदी अरबका बिभिन्न शहरमा कुनै पनि नेपाली श्रमिकलाई आइपर्ने बिपत्ती उपर सहयोग गर्नको निम्ती संघको आपतकालिन कोष बाट न्युनतम ५ लाख बराबरको कोष निकासा गर्ने निर्णय गरेको हो। राहतका लागि थप रकम आवश्यक परेको खन्डमा पुन: अर्को बैठक द्वारा आवश्यक कदम चाल्ने जस्तै मध्यपुर्बका सम्पूर्ण एनसिसी र अन्तरराष्ट्रिय समन्वय समिती संग समेटा परामर्श लिने निर्णय गरेको छ।

कार्यदलले कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्न बिशेष फारमको तयारी गरी कोरोना संक्रमित तथा बन्दको कारण अफटेरोमा परेका जस्तै कम्पनी बन्द भएको, कम्पनीले तलव सेवासुबिधा नदिएको, खानेपानीको अभाव भएको र नेपाली दूतावास र महावाणिज्यदूतावासको समेत रुजु वा अनुरोध/अनुमोदन भएको आदिको पहिचान गरी आवश्यक सहयोग निर्णय गरेको छ। कार्यदलले बिशेष कार्यदिशा निर्माण गरी यथा शिघ्र साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावास संग समन्वय र परामर्श लिएर राहत तथा उध्दार अभियानको शुरुवात गर्नेभएकोछ।

यो बिषम परिस्थितिमा कुनैपनी नेपालीलाई अचानक ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बर मा संपर्क गर्नुको साथै तथा गैर आवासिय नेपाली संघ साउदी अरबका प्रतिनिधिलाई संपर्कमा आउनको लागि तपसिलका नम्बरहरुमा संपर्क गर्न अनुरोध गर्दछौं।

नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन (0559389600)

नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665)  (012-6226683)

NRNA NCC साउदी अरबका प्रतिनिधिहरु:( कोरोना भाईरस उध्दार समिती साउदि अरब )

प्रतिनिधि नामावली क्षेत्र संपर्क नम्बर
तेज बहादुर थापा-अध्यक्ष दमाम 0504438377 ICC मा प्रतिनिधित्व
धुर्ब कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744 ICC मा प्रतिनिधित्व
भोलानाथ पौडेल- उपाध्यक्ष दमाम 0598334109
रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844
बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253
लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062
सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521
बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222
भक्त हमाल-सल्लाहकार ताबुक 0555347025
मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153
राजु सैयद-संरक्षक दमाम 0509211996
जोन अर्याल-मध्यपूर्ब सह संयोजक दमाम 0500490398
नारायण पासवान-ICC सदस्य रियाद 0558517861
ओम घले-संरक्षक दमाम 0534510942
डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050
रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837
बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829
राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688
मनिष कोइराला-सदस्य अल-कासिम 0581605697
रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695
अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328
रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286
राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759
हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127
शुक्र मोक्तान-सदस्य दमाम 0550748154
नरेन्द्र कार्की-सदस्य दमाम 0569736026

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद

साउदी अरब

 

प्रतिक्रिया
सम्बन्धित समाचार