मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकलगायतका कर्मचारीलाई २५ लाख सम्मको निःशुल्क विमा

सोमबार, चैत्र १७ २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला, स्वास्थ्यसेविका, स्वयमसेवक तथा स्वयमसेविका, श्रमिक, एम्बुलेन्स चालक तथा प्रत्यक्षरुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि रु २५ लाख सम्मको निःशुल्क विमा र क्षतिपुर्ति दिने व्यवस्था गने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना उपचारका क्रममा आवस्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरणहरु निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै निजी स्वास्थ्य संस्थालाई आवस्यक स्वास्थ्य उपकरणको आपूर्तिको सुनिश्चितता गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सूचारु राख्न र सवै प्रकारका सेवा शुल्कमा चैत्र मसान्त सम्मको विल बमोजिमको रकममा २० प्रतिशत छुट दिइने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी सरकारले क्वारेन्टिनमा बस्नेहरुको खाना खाजा खर्च स्थानीय तथा संघीय सरकारले व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार