काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद बहराइनले बहराइनमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट जोगिन अपिल जारी गरेको छ । एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले जारी गरेको अपिलमा यस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफूसंग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ।

अपिल
आदरणीय बहराइनबासी दाजुभाई दिदीबहिनीहरु, यो कोराना भाईरसको महामारिले निम्त्याएको बिपत्तीको बेलामा संयम अपनाउनु होस । मानिसिक रुपमा आफुलाई बलियो बनाउनु होस । कुनै साथिभाईको कोठामा नजानुहोस् र आफ्नो कोठामा पनि साथी भाई नबोलाउनुहोस । बाहिर निस्किनु पर्ने अति आवश्यक काम परेमा स्यानिटाइजर , मास्क र ग्लवको प्रयोग गर्नु होस । मादक पदार्थ सेवन नगर्नुहोस,सकेसम्म पोषीलो खानेकुरा खानुहोस,तातो पानी पिऊनुहोस । आफु बचे आफ्नो परिवार, आफ्नो समाज र आफ्नो देशलाई बचाउन सकिन्छ तेसैले आफु पनि बचौं र अरूलाई पनि बचाऔं। बहराइन सरकारले जारि गरेको सुचनाको पालना गर्नुहोस नेपाली राजदूतावास र गैर आवासिय नेपाली सँघ बहराइनको सम्पर्कमा रहनुहोस ।।
धन्यवाद ?
लक्ष्मी गिरी
अध्यक्ष
ग़ैर आवासीय नेपाली संघ
राष्ट्रीय समन्वय परिषद, बहराइन
