मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोना टेष्टिङ किट खरिदको लागि दक्षिण कोरियामा रहेका नेपालीद्वारा १ करोड ४० लाख संकलन, पहिलो चरणमा २ हजार किट नेपाल पठाइने

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको संयोजन

आइतबार, चैत्र १६ २०७६

बबिता ओली (क्षेत्री)

दक्षिण कोरिया / विश्व भर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) केही दिन यता नेपालमा पनि देखा परे सगैँ दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा एक व्यक्ति, एक हेल्थ किट् अभियान शुरु गरिएको थियो।

नेपालमा संभावित कोरोना परिक्षणको लागि सिमीत संख्यामा किट रहेको अवस्थामा गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको संयोजनमा अभियान शुरु गरिएको थियो। अभियान शुरु गरेको ४ दिनमै ने.रु. १ करोड ४० लाख संकलन भएको अभियानकर्ता मिन बिकले जानकारी दिनुभयो।

मातृभूमिमा परेको यो विपतको घडीमा सहभागी भई प्रति व्यक्ति २०,००० वन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एन.आर.एन.ए उपाध्यक्ष यदु लामिछानेले आग्रह गरेका थिए। कोरियामा उत्पादित किटले कोरोना लागे नलागेको केवल ३ घण्टा मै रिजल्ट दिन सक्छ भने यसको मूल्य प्रति किट् २० डलर पर्छ।
अभियानवाट संकलित रकमवाट अहिले पहिलो चरणमा ने.रु. ४० लाख वरावरको २००० किट छिट्टै नेपाल पठाउने तयारी भएको र दोश्रो चरणमा अन्य अत्यावश्यक सामाग्री तथा उपकरण पठाउने महासचिव विमल सुबेदीले बताउनुभयो।

अहिले नेपाल-कोरिया हवाइ मार्ग वन्द भएकोले करीव २ हजार किट केही दिन पछि चीन सम्म पठाउने र चीन सरकारले यथाशिघ्र नेपाल पठाउने तयारी भएको अभियानकर्ताहरुले बताएका छन्। किटको लागि कोरियामा रहेको संम्वन्धित कम्पनी सँग सम्झौता भए लगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागि परेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार