शुक्रबार, चैत्र १४ २०७६
काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसका कारण खाडी मुलुक ओमानले पनि लकडाउन गरिरहेको छ । ओमानमा काम तथा अन्य प्रयोजनका लागि नेपालीहरु रहेका छन् । यस्तोमा ओमानमा रहेका नेपालीहरुलाई ओमानस्थित नेपाली राजदूतावास तथा ओमानमा कार्यरत विभिन्न संघसंस्थाले सुरक्षित रहन तथा सर्तक रहन आग्रह गरिरहेका छन् । यस्तै केही समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
नेपाली राजदूतावासको आग्रह, राजदूत शर्मिला पराजुली ढकालको भिडियो सन्देश
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बाट बच्न ओमानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | मंगलबार देखि लागुहुने गरि ओमान सरकारले कोरोनाभाइरसबाट बच्न आवश्यक पूर्वतयारी अनुरुप गैर-ओमानीहरुलाई ओमान प्रवेशमा रोक लगाउने निर्णय गरेको छ |
सोमबार मस्कट स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमान सरकारले गरेका निर्णयबारे नेपालीहरुलाई जानकारी दिंदै उक्त निर्णय पालना गर्न अनुरोध गरेको हो | ओमान प्रवेश गर्ने नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ |
त्यस्तै ओमान सरकारले शुक्रबारको प्राथना बन्द गर्ने निर्णय गरेको छ भने,सार्वजनिक पार्क तथा बगैचाहरु बन्द गरेको छ | सामाजिक जमघट तथा पार्टीमा समेत प्रतिबन्ध लगाएको छ | तर यो समयमा दुतावासले प्रदानगर्ने कन्सुलर तथा अन्य अत्यवश्यक सेवा लिनुपर्ने भएमा पूर्वसम्पर्क गरि आउँन दूतावासले अनुरोध गरेको छ |
क्याप्टेन सेवन्तपुर्जा पुन, गैरआवाशिय नेपाली सोसल क्लब ओमानका अध्यक्ष हुन । उनका अनुसार सबै शैक्षिकक्षेत्र लगायत खाद्यान्न र औषधी पसल बाहेकका दोकानहरु बन्द रहेका छन र देश लकडाउन भएको छ। नेपालिहरु अहिले सम्म सुरक्षित नै रहेको जनाएका छन। नेपाली हरुलाइ केही आवश्यक परेको खन्डमा संस्थागत सहयोगको लागि तयार रहेको जनाएका छन। अहिले काम बिदा भएका कारण घरमा नै रहेर सामाजिक दुरि अपनाइ बसिरहेका उनी सामाजिक कार्यका लागि सबै संग समन्वय गरि रहेको बताउछन।
ओमान राज्य एक सुन्दर र शान्त राज्यको उपनामले चिनिन्छ मध्यपुर्वमा । तथ्यांक अनुसार लगभग १७-१८ हजार नेपाली हरु विभिन्न पेशामा ओमानमा कार्यरत रहेको पाइन्छ। ब्यापार ब्यवासाय गर्ने ब्यक्तिहरु औलाले गन्न सक्ने गरि मात्रै रहेको पाइन्छ। ओमानमा नेपाली हरुको लगानी भनेको कफि शप, रेस्टुरेन्ट र ट्राभल एजेन्सी हरु रहेका छन। कोरोनाभाइरसका कारण प्राय सबै ब्यवासाय बन्द रहेका छन। ब्यवसायी हरुलाइ मार्का त पर्ने नै भै हाल्यो र अब कसरी दोकान लगायत कामदार बस्ने फ्लाटको भाडा र कामदारहरुलाइ तलब दिने भन्ने समस्या रहेको ब्यापारीहरु बताउछन।
ओमानमा कोरोनाभाइरस नियन्त्रणलाई ओमान सरकारले भरमग्दुर प्रयास गरि रहेको छ। अहिले लकडाउनको अवस्थामा रहेको छ। ओमानमा आज मिति २७ मार्च २०२० सम्मको तथ्यांकअनुसार १३१ जना सन्क्रमित र २३ जना निको भैसकेको अवस्था छ भने अहिले सम्म मृत्यु भएको तथ्यांक छैन।
लकडाउन अनुसार खाद्यान्न र मेडिकल/ औषधि पसल बाहेक सबै दोकान / पसल बन्द रहेको छ। अनावश्यक हिडडुल गर्न बन्देज गरिएको छ। हरेक कम्पनिलाइ तीस प्रतिशत भन्दा बढी कामदारलाई काममा नलगाउन भनेको छ र सम्यन्त्र मिलाइ घर बाट नै काम गर्ने ब्यवस्थापन लाई अनुरोध गरेको छ। सरकारले सामजिक दुरि बढाउन लगायत अन्य सजगताका उपायभरु अवलम्बन गर्न निर्देश गरेको छ। कोभिड-१९ बिरुद्ध सजगता अपनाउन ओमान सरकारले नेपाली भाषा लगायत धेरै देशको भाषहरुमा सुचना प्रकाशित गरेको छ। नेपाली भाषामा सुचना अनुवादका लागि गैरआवासीय नेपाली सोसल क्लबले समन्वय गरिरहेको छ।
दोलखा भिम नगर पालिका वडा न ७ घर भै १२ बर्ष देखि ओमानको दिवानमा कार्यरत अन्जन कार्की मस्कटको शिव स्थित दिवानमा कार्यरत छन। यहाँ बिदा नभए पनि सरकारको नियम अनुसार ३०% कामदार हरुले रुटिन मिलाइ काम गरि रहेका छन। यसै अनुसार अबको दुई हप्ता मेरो बिदा परेको हुनाले रुम मै बसेर किताब पढी बिताउदै आएका छन। खाना मेस मा नै हुनाले र सरकारी कम्पनी हुनाले खानापिनाको कुनै समस्या नभए पनि बाहिर घुमफिर गर्न बन्देज प्राय छ। कोरोना भाइरसको नियन्त्रणमा कम्पनी द्वारा सक्दो नियन्त्रण प्रयास भएको छ। यसका लागि सानिटाइजर, पन्जा, मास्क इत्यादी मनग्य प्रदान गरिएको छ काम गर्ने समयमा।
दस बर्ष देखि गल्फ मशरुम कम्पनि बर्कामा कार्यरत सन्तोष दमाई र इलामका सन्तोश राइका अनुसार कम्पनिले काम पुर्ण बन्द नगरे पनि आंशिक उत्पादन चालू भैरहेको जनाएका छन। उनिहरुका अनुसार खानापिन कम्पनिले नै ब्यवस्थापन गर्ने हुनाले समस्या नभए पनि कामदार क्याम्प बाट बाहिर कसैलाइ पनि जान नदिने र बाहिर बाट पनि कसैलाइ आउन नदिने नियम लागू गरेको छ। कामदारहरुलाइ आवश्यक सामानहरु चाहिएमा कम्पनीमा भनेको खन्डमा कम्पनिबाट उपलब्ध गराउने नियम बनाएको छ। साधारण रुघाखोकी र ज्वरो समेत आउदा पनि तुरुन्तै अस्पताल लगेर चेकजाँच गराउने गरेको छ। कोरोनाभाइरस बिरुद्ध कम्पनिले सजगता अपनाइ सकेको छ। काम गर्दा अपनाउन पर्ने सुरक्षा ब्यवस्था पुर्ण रुपले लागू गरेको छ। १३ बर्ष देखि ओमानमा कार्यरत पुर्ण कुमार कोजु, भक्तपुरका बासिन्दा हुन र अहिले उहाँ ओमानको सललहमा कार्यरत छन। ल्याण्डमार्क अन्तर्गत होम सेन्टरमा कार्यरत उनी अहिले सम्म काम बिदा नभएको र होम डेलिभरि चलिरहेको बताएकाछन। दोकान बन्द नभए पनि ग्राहकहरुको पुराना अर्डरहरुलाइ होम डेलिभरी सेवा दिइरहेको बताएका छन। कोरोना भाइरस बारेमा पुर्ण जानकारी भएको ले यश बारे सजगता अपनाइ ड्युटी गरिरहेको बताएका छन। घरमा रहदा र बिदा हुदा रुममा नै बस्ने र अनावश्यक बाहिर घुम्न नहुने हुनाले आवस्यक खाद्यान्न सामाग्री किन्न बाहेक बाहिर ननिस्किने गरेको बताउछन।
झापाली समाज ओमानकी केन्द्रिय सदस्य मन्जु माझी, पेशाले ब्युटिसियन हुन र एक बर्ष देखि यश पेशामा सम्लग्न छिन। उनी मस्कट कै अल खुदमा कार्यरत छिन । उनी पनि कम्पनी बन्द भएका कारण र बाहिर हिडडुल गर्न नपाइने कार्ण रुम मा नै बसेर दिन कटाइरहेको बताउछिन। कम्पनिले काम बन्द गराएको र यो महिना तलब पाए पनि अर्को महिना के हुन्छ थाहा नभएको बताउँछिन् । यसरी नै बन्द भएर गएमा कम्पनिले तलब के गर्छ थाहा छैन। अहिले स्वस्थ रहि कोरोना विरुद्ध सामाजिक दुरि अपनाउदै बसि रहेको छु। पहिला कम्पनी बन्द नहुदा पनि मास्क, स्यानिटाइजर र पन्जा प्रयोग गर्दै सेवा प्रदान गरिएको थियो, उनी भन्छन, आफ्नो स्वास्थ प्रती सजग छु र सबैलाइ नियमकानुन मानेर अघि बढ्न अनुरोध गर्दछु। ब्युटी पार्लर क्षेत्रमा नै कार्यरत रोजिना पोखरेल मस्कट भन्दा लगभग ३०० किमि टाढा जलान बु अलिमा कार्यरत छिन। बिराटनगर मोरङ निवासी उनी एक बर्ष देखि त्यहा कार्यरत छिन । त्यस्तै झापा दमक निवासी माया धिमाल र माइधर निवासी मैयाँ पधालुङ जो बर्का स्थित ब्युटी पार्लरमा कार्यरत छन, उनिहरुको पनि सोही हाल रहेको बताउछन। रुम मै रहने मोबाइल खेलाउने, खाना बनाइ खाने अनि सुतेर दिन बिताउने दिनचर्या रहेको बताएका छन। ओमान सरकारले लकडाउन गरेको दिन देखि कम्पनी बन्द भए पनि यो महिनाको तलब भने दिएको बताउछन। सामाजिक दुरि अपनाइ बसिरहेको बताएका छन सबैजनाले । सन्तोष कटुवाल घर (बागमती प्रदेश) सिन्धुली फिक्कल गा पा वडा नम्बर ३ म ओमन आको १३ बर्ष चलिरहेको छ। उहाले काम गर्ने कम्पनीको नाम दिवान हो र उहाँ मस्कट देखि लगभग १०० लिमि टाढा रहेका छन।

अहिले कोरोनाले सन्सारलाइ नै अस्तब्यस्त बनाएको अबस्था भए पनि काम नियमित चलिरहेको बताउछन। यसै कोरोनाको कारण बिदा भएको छैन। (कोभिड १९) कोरोना भाइरसबाट बच्नको लागि माक्स, ग्लब्स लगाएर एक अर्का साथी देखि टाढा रहेर काम गर्ने र सामाजिक दुरि लाई लागू गरेका बताउछन। बाहिर हिडडुल गर्न नमिल्ने कारण हिडडुल बन्द प्राय भए पनि खान बस्नको लागि राम्रो ब्यबस्था छ । यहाँ कुनै प्रकारको समस्या नभएको बताउछन।
एनआरएनए सोसल क्लब ओमानकी महिला संयोजक रुपा कार्की कार्यरत छिन । कार्की गत दुई बर्ष देखि मस्कट स्थित ब्युटिपार्लरमा कार्यरत छिन। ओमान लकडाउन भएको दिन देखि नै सबै ब्युटी पार्लर/ सैलुन हरु बन्द भएको कारण रुम भित्र नै बस्नु परेको जनाउछन। बाहिर निस्कन नपाउने, हिडडुल गर्न नपाइने र काम पनि बन्द भएको कारण रुममा नै बस्न परेकोले समय काट्न गारो भएको बताउछन। अहिले समय काट्ने भनेको नै मोबाइल खेलाउने, पकाउने, खाने अनि सुत्ने मात्रै भएकोले यसरी नै दिन रस्त बितेको बताउछिन् । अब कहिले सम्म यसरी बस्नु पर्ने भन्ने चिन्ता लाग्ने गरेको बताउछिन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न सामाजिक दुरि अपनाइ बसेको र अत्यावश्यक सामान किन्न मात्रै दोकान जाने गरेको र ह्यान्ड सानिटाइजर र मास्क प्रयोग गर्ने गरेको बताउछिन।

गैरआवासिय नेपाली सोसल क्लबको संरक्षक ओमानमा समाजसेवाका पर्याय प्रेम सापकोटा, जन्म घर बागलुङ जिल्ला भै हाल थानकोट घर भएका उहाँ १३ बर्ष देखि वैदेशिक रोजगारमा हुनुहुन्छ। ताउस इन्डस्ट्रीयल सर्भिस कम्पनि सोहारमा कार्यरत उहाँ संगै लगभग १५० नेपाली कामदारहरु रहेका छन । यो क्याटरिङ सेवा बन्द गर्न नमिल्ने हुनाले कुनै पनि समय खुल्ला रहने जनाउदछ्न उहाँ । सोहार क्षेत्रका सबै सरकारी लगायत प्राइभेट अस्पतालहरुमा सेवा दिइरहेको यस कम्पनीका सबै कामदार हरुलाइ पुर्ण सुरक्षा सहित काम सुचारु रहेको बताएका छन। कम्पनीले कोरोनाभाइरस लाई नियन्त्रण गर्न का लागि आवश्यक सबै प्रकारको सुबिधा उपलब्ध गराएको बताउछन उनी। सामाजिक दुरिलाइ आत्मसाथ गर्दै नियमित क चलिरहेको बताएका छन। कामदारहरुको स्वास्थ प्रती कम्पनी सचेत रहेको र त्यस क्षेत्रका शाखा उपशाखाहरुको प्रमुख भएको कारण सबैलाइ सन्तुलित भएर रहन प्रोत्साहित गर्दै कोरिना बिरुद्ध लागि परिरहेको बताउछन।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij