कोरोना भाइरसबाट बच्न एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको यस्तो आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छन् । त्रिपाठीले जटिल समस्या समाधान गर्नका लागि जिम्मेवार भएर सर्तक र सुरक्षित रहन भन्दै आग्रह गरेका हुन् ।

त्रिपाठी लेख्छन :

कोरोना भाईरस बाट बच्न घरबाट ननिस्कने डाक्टरको सल्लाह मान्ने साबुन पानीले हात धुने जस्ता सावधानीले मात्र यो रोगबाट बच्न सक्ने कुरा प्राय हामी सबैलाई थाह छ ।
तर व्यक्तिगत र पारिवारिक रुपमा यसले पारेको असर सामना गर्न कठिन भई “अब म के गरौँ” भन्ने वातावरण आएमा अथवा यस बिषयमा अन्य कुनै जानकारीको आवश्यकता परेमा परामर्श तथा सहयोगको उदेश्य राखी मेरै संयोजकतामा “एनआरएनए अमेरिकाज क्षेत्रिय कोभिड-१९ टास्क फोर्स” गठन गरेको छु ।

एनआरएनएका अभियान्ता सहित स्वास्थ्यकर्मी र बिशेषज्ञसहितको यो टास्क फोर्सले तपाइका जिज्ञासा नेपाली भाषामा हल गर्दै गोप्य तथा अन्य जटिल समस्या समाधान गर्नुका लागि जिम्मेवार अधिकारी संग सम्पर्क गराइदिने पहल पनि गर्नेछ ।

यो अन्तराष्ट्रिय समस्या बाट पार पाउन अहिले विश्वनै लागि पारेको समयमा तपाइँ हामी पनि एकजुट भई हाम्रो समाजमा पनि यस कोरोना भाइरसको असर वा दुर्घटना न्यून गराउनु एनआरएनए को जिम्मेवारी हो भन्दै अध्यक्ष कुमार पन्त ज्युले चाल्नु भएको कदमलाई अमेरिकाज क्षेत्रमा यो अन्तराष्ट्रिय उच्चस्तरीय समिति र स्थानीय एनसीसी संग समन्वय गरि पूर्ण जिम्मेवारीका साथ् लागु गर्ने प्रतिबद्दता प्रकट गर्दछु ।

राजन त्रिपाठी
क्षेत्रीय संयोजक
अमेरिकाज क्षेत्र