कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदाले गरे कतारको रेडक्रससंग छलफल गरेका छन् । सो छलफल पछि कतारमा रहेका नेपालीलाई समस्या परे कतार रेडक्रसले सहयोग गर्ने भएको छ ।
नेपाली समुदायमा खाद्दयानको कमि हुन नदिनको लागि एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारको रेडक्रससंग छलफल गरेपछि रेडक्रसले समन्वय गर्ने बताएको छ ।
रेडक्रसले सनैयामा रहेका नेपाली कामदारलाई खानाको अभाव भए फोन गर्नासाथ खाधान्न पुर्याईदिने र कतारमा परिवारसहित बसेका नेपालीहरुलाई खाधान्न लगाएत अन्य समस्या भए रेडक्रसमा फोन गर्नासाथ ब्यबस्था गरिदिने अध्यक्ष मुक्तदाले बताए उनले रेडक्रसको उक्त सहयोगप्रति आभारी व्यक्त गर्दै कतारमा रहेका जुनै नेपाली लाई समस्या परे पनि आफुलाई चौबिसै घण्टा सम्पर्क गर्न आग्रह गरे ।
अध्यक्ष मुक्तदा कोरोना भाईरसको महामारीमा पनि आफ्नो स्वास्थयको प्रबाह नगरी नेपाली हरु भएका क्याम्प हरुमा जनचेतना फैलाउन स्थलगत रुपमा आफै जाने गरेका छन् ।
विज्ञप्ति
आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा,
हार्दिक नमस्कार!
विषय: आवस्यक सहयोगका लागि जानकारी सम्बन्धमा।
उपरोक्त सम्बन्धमा हालै देखा परेको कोरोना भाइरस बाट यस मुलुकमा रहेका कुनै पनि नागरिकहरुलाई माहामारीको सिकार बन्न नपरोस र सम्यमतापुर्बक यसलाई नियन्त्रणमा लिन सकियोस भन्ने हेतुले कतार सरकारद्वारा चालिएको साबधानी सजकता अनुरुप अहिले कतारको सनैया स्थित स्ट्रीट नम्बर १ देखि ३२ नम्बर सम्म लक डाउन गरिएको सबैलाई अवगतनै छ। पछिल्लो हप्ता देखि उक्त क्षेत्रमा क्वारेन्टाइनमा पर्नु भएका नेपाली समुदायको कुनै पनि ब्यक्तीहरु कतार सरकारको नियम पालना गर्ने क्रममा खानाको अभाव तथा अन्य केही समस्या झेल्नुपरेको कुनै जानकारी प्राप्त भएमा साथै कतारमा रहनु हुने कुनै पनि नेपाली परिवार पनि यस्ता समस्यामा पर्नु भएको छ भने एनसीसी कतारको अफिसियल इमेल [email protected] / आधिकारिक फेसबुकको ईनबक्स या 74449592/70909722 नम्बरमा सम्पर्क गरि समस्यामा पर्नुभएको ब्याक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराई सहयोग पुर्याईदिनुहुन सबैमा अनुरोध गर्दछौ।
समन्वय :- क़तार रेडकिरीसेन्ट
“कोरना भाइरस बाट आफू पनि बचौ, अरुलाई पनि बचाऔ”
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय समिति कतार



