भवानी ओली, एनआरएनए अभियन्ता हाल अस्ट्रेलिया
नेपाली रगत अरू भन्दा अलिक गाढा रातो होला । gene मा जरिवुटि सिंचित रगतको पर्बाह भएकैले होला Corona ले आजका मिति सम्म हामी भित्र पसेर बिगार्ने हिम्मत गरेको छैन । कहिल्यै नगरोस्। कम्तीमा यो विषयमा हाम्रो कीर्तिमान् कायम होस। हामी विदेशमा बस्ने नेपाली अलिक बढी होस गरौँ । स्वदेशले यसो गरे हुंदोहो भन्ने कुरा बुँदागत रूपमा प्रस्तुत गरेको छु ।
१. सबै निर्णय ठिक छन् ।
२. निर्णय लागु गर्न गर्नु पर्ने तयारी अपूर्ण छन् ।
३. नेपालीलाई सेल्फ़ quarantine ले काम गर्दैन force quarantine गर्नु पर्छ ।
४. बाहिर वाट आउने नेपाली नागरिकलाई नेपाल भित्रन अनिवार्य अनुमति दिनु पर्छ जो सबै नेपाली नागरिकको अधिकार हो ।
५. विदेशी वा देशी airline लाई पुरा बन्द गर्ने होइन। नेपाली नागरिकलाई खोजी खोजी ल्याउने airlines लाई सजाय हैन पुरष्कित गर्नु पर्छ। त्यसरी आउने नेपाली लाई अनिवार्य १४ दिनको quarantine मा राख्ने व्यवस्था मिलाउनु पर्छ। यसरी आउने नेपाली को management व्यवस्था गर्ने जिम्मा Nepal Armed police लाई र अन्य व्यवस्थापन नेपालको सङ्घीय सरकारको नेतृत्वमा राज्य सरकार र उपत्यका अवस्थित स्वास्थ्य संस्थाले गर्दा राम्रो हुन्छ। यसले Nepal armed force लाई पनि आफ्नो कर्म मार्फत responsible र अनुभवी बनाउन मदत पुर्याउंछ। विदेशी नागरिकलाई पूर्ण रूपमा बन्द गर्नु पर्दछ ।
६. विदेश वाट आउने नेपाली नागरिकलाई अनिवार्य रूपमा सरकार निर्मित क्वारेन्टाइन मा राख्नु पर्छ ।
७. भारत वाट सके सम्म नेपाली अहिलेको समयमा नआउनु है भनेर प्रचार व्यापक बनाउनु पर्छ। तर धेरै आउँछन् । उनीहरूलाई अनिवार्य २ हप्ते quarantine मा राख्नु पर्छ। यसको कोअर्डिनेशन र म्यानेजमेन्टको जिम्मा नेपाल आर्मीलाई दिनु पर्छ । सम्बन्धित राज्यका स्थानीय सरकार, प्रदेश सरकार र स्वास्थ्य संस्था सँग संयोजन गरी व्यवस्थापन गर्नु पर्नेछ । बोर्डर मा आएका नेपालीलाई कुनै बहानामा उतै फर्काउने अधिकार नेपाल सरकारलाई संविधानत नहुनु पर्ने हो। यदि रहेछ भने त्यो सभ्य मुलुकलाई शोभा नदिने कुरो हो ।
८. चाइना वाट आउने नेपालीको हकमा पनि भारतको जस्तो व्यवस्था लागु गर्नु पर्ने हुन्छ ।
९. माथि उल्लेखित विषयको तयारी पश्चात् स्वास्थ्य संस्था बाहेक सबै सरकारी गैर सरकारी अफिस २ हप्ताको लागि बन्द गर्नु पर्दछ।
१०. २ हप्ताको बिचमा बिरामीको शङ्का भएका को efficient pick up, check up र treatmentको व्यवस्था गर्नु पर्ने छ । त्यस पश्चात् राज्यको बिजनेस सुचारु गर्नु पर्छ।
११. Corona checking kits हाललाई कम्तीमा १ लाखको जोहो गर्नु पर्ने छ।
१२. Health issue सँग सँगै economic issue address गर्न र heavily affected industry बचाउन आवश्यक राहत programme क़ो introduce ग़र्ने। यसो गर्दा हिंजोका दिनमा Tax तिर्ने र government निति र नियम compliance ग़र्ने लाई विषेष ध्यान दिंने।
अन्तिम तयारी पछि लागु भएको २ हप्ता पछि सो बिचमा पहिचान बिरामीको isolation मा उपचार गराउने व्यवस्था गर्ने, बाहिरबाट आउने नेपालिलाई २ हप्ते quarantine गर्ने र संसार वाट Virus निर्मूल नभए सम्म विदेशिलाई आउन नदिने व्यवस्था effective रूपमा लागु गर्न सके कम क्षतिमा यो आतन्क वाट मुक्ति पाईन्थ्यो कि ?