मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोनाले युवाहरुलाई पनि छाड्दैन भन्दै विश्व स्वास्थ्य संगठनले दियो यस्तो चेतावनी

शनिबार, चैत्र ८ २०७६

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस बारे सतर्क हुन युवाहरुलाई चेतावनी दिएको छ । कोरोनाबारेको नियमित अपडेट दिने प्रेस कन्फेरेन्समा कोरोनाले युवाहरुलाई पनि नछोड्ने बताउदै ज्याद घुलमिल नगर्न र कमजोर र बृद्धहरुसँग घुलमिल नहुन चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम घेब्रीयसोसले कोरोना सबैका लागि खतरा भएको बताएका छन् ।

कोरोनाबाट अहिलेसम्म विश्वभर ११ हजार भन्दा बढीको ज्यान गएपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो ।

मिडियामा कोरोनाले बृद्धहरुलाई मात्र असर गर्ने भएकाले युवाहरु चिन्तित नभएको रिपोर्ट आएपछि महानिर्देशक टेडरोसले सो चेतावनी दिएका हुन् ।

उनले भने- ‘युवाहरुलाई मेरो संदेश छ । तपाईहरु अजय हुनुहुन्न । यो भाइरसले तपाइँहरुलाई हप्तौसम्म अस्पतालमा राख्न सक्छ । तपाइँलाई यो भाइरस लागेर मृत्यु नभएपनि तपाई अरुको मृत्युको कारण बन्न सक्नुहुन्छ ।‘

विभिन्न अनुसन्धानले कोरोनाका कारण बृद्धहरु र अन्य रोग लागेकाहरुको मृत्यु बढी भएको दाबि गरिएको छ ।

अहिलेसम कोरोनाबाट मृत्यु हुनेको औसत आयु साढे ७८ बर्ष रहेको छ । अनुसन्धानले अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेमा ५० बर्षभन्दा कम उमेरका एक प्रतिशत रहेका छन् भने ८० बर्षभन्दा माथिका १५ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार