आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

शुक्रबार, चैत्र ७ २०७६

अबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो । खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख भन्दा बढी संक्रमित भएका छन् । कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ । कोराना भाइरसका कारण ९ हजारभन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार