मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोना संक्रमणबाट जोगिन एनआरएनए कतारको यस्तो छ अपिल (अपिलसहित)

शुक्रबार, चैत्र ७ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट जोगिन अपिल जारी गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जारी गरेको अपिलमा यस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफू संग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ।

गैरआवासीय नेपाली संघको उद्देश्य नै संसारभरि फैलिएर रहेका गैरआवासीय नेपालीलाई सहयोग गर्ने रहेको र यस्तो संकटको घड़ीमा आ आफ्नो ठाऊबाट मानव समुदायको हितको लागि केहि गर्न जरूरी भएको ले हाम्रो सानो सहयोगी भावनाले गरेको कार्यले समाजमा ठुलो सचेतना हुने मुसलमानले जारी गरेको अपिलमा छ ।

हार्दिक अपिल !!

आदरणीय दोहामा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरूमा अस्सलाम अलैकुम नमस्ते ।

कोविड १९ (कोरना भाईरस) महामारीको रूपमा संसारभरि तिव्रगतिले फैलीरहेको यहाँहरूलाई अवगत नै रहेको छ। यस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफू संग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी छ।

गैरआवासीय नेपाली संघको उद्देश्य नै संसार भरि फैलिएर रहेकका गैरआवासीय नेपालीलाई सहयोग गर्ने रहेकोछ र यस्तो संकटको घड़ीमा आ आफ्नो ठाऊबाट मानव समुदायको हितको लागि केहि गर्न जरूरी भएको ले हाम्रो सानो सहयोगी भावनाले गरेको कार्यले समाजमा ठुलो सचेतना हुनेछ।

बिश्व भरि फैलिएको यो संकटबाट आफ्नो नागरिकलाई बचाऊँन हरेक राष्ट्रले सक्रियता पुर्बक जुटेको छन। संक्रमण फैलन नदिनको लागि क़तार सरकारले पनि विभिन्न सजकताका कार्यहरूलाई प्रभावकारी ढंगले कार्वान्यन गरिरहेको तथा सम्बन्धित बिभागहरूले सक्रियता पुर्बक संक्रमणलाई नियंत्रण गर्न लागिरहेको हामीले देखी रहेको छौ । तपाई हामी सबैले आआफ्नो ठाऊबाट गर्न सकने सहयोग तथा सरकारले तय गरेको योजनालाई सघाउन सहयोग गरौ। हाम्रो अभिभावक नेपाली दुताबासले पनि समय समयमा सुचना निकालेर तपाई हामीलाई जानकारी गराईरहेको छ।

क़तारमा बस्ने सम्पूर्ण दाजुभाई तथा दिदि बहिनीहरू दुताबास तथा स्थानीय सरकारले दिएको सूचना हरूको पालना गरौ आफ़ू सचेत बनौ अरुलाई सचेत गराऔ
क़तार तथा विश्व भर रहनु भएको आम गैर आवासीय नेपालीहरू तथा नेपाल बस्ने सम्पूर्ण नेपालीहरू यसको संक्रमणबाट जोगिन आफ़्नो तर्फबाट सक्दो सतर्कता अपनाउन हार्दिक अपील गर्दछु ।

मोहम्मद मुक्तादा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार