मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कतारमा रहने सम्पूर्ण नेपालीहरुलाई राजदूतावासको अनुरोध

बुधबार, चैत्र ५ २०७६

कतार, कतारमा रहने सम्पूर्ण नेपालीहरुलाई नेपाली राजदूतावास कतारले एक वीज्ञप्ती जारी गदैं कोरोनाको त्रासपूर्ण संकटको घडीमा सबै नेपालीहरु सजक, सचेत एवं सम्पूर्ण नीति नीयमहरु पालना गरेर बस्नको लागि अनुरोध गरेको छ । सो विज्ञप्तीमा– कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्वन गर्नु गराउन र जारी गरेका निर्देशनहरुको पालना गर्नु गराउन सबै नेपालीहरुलाई अनुरोध गरिएको छ । कोरोना भाइरसबाट बच्च सतर्कता अपनाउन तथा कतार सरकारको सम्पूर्ण नीति नियमहरु पालना गर्न दुतावासले यस अघि पनि पटक पटक विभिन्न सुचनाहरु वा महामहिम राजदूतज्यूबाट संंप्रेसण भिडियो सन्देशमा समेत सतर्कता अपनाउन अनुरोध गरिएको थियाे ।

सो विज्ञप्तीमा विषेश गरी निम्न तीन पक्षमा ध्यान दिन विशेष अनुरोध गरिएको छ–
१.कतार सरकारको सम्वन्धित सरकारी निकायहरु– स्वास्थ्य मन्त्रालय, व्यापार तथा वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतबाट जारी हुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालन गर्नु गराउनु हुन,
२.कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा भेला नहुन,
३.श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अवैधरुपमा पसल राखी समानहरुको किनबेच गर्ने पाइएको र सो कुरालाई कतार सरकारले बन्देज गरेको हुँदा कम्पनिको आधिकारीक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मा आधिकारिक स्थानहरुबाट मात्र किनमेल गर्नुहुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार