मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राखेपद्वारा एक साता सबै खेल गतिबिधि बन्द गर्ने निर्णय

मंगलबार, चैत्र ४ २०७६

एन्फाका सबै गतिविधि पनि स्थगित
काठमाडौं(जस)–राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक साताका लागि सबै खेल गतिबिधि बन्द गर्ने निर्णय गरेको छ । खेलकुद परिषदको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । कोरोना भाईरस (कोभिड–१९) बिश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था श्रृजना भएको र बिश्वका ठुला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुद संग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिबिधी तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको परिषदले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने निर्णय गरेको हो । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।
बी डिभिजन लिगसहित एन्फाका सबै गतिविधि स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन भइरहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलसहित अन्य सबै गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले राष्ट्रिय खेलकुद परिषद राखेपको बैठकले एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । राखेपले एक हप्तापछि अवस्था हेरेर बाँकी निर्णय गर्ने बताएसँगै एन्फाको गतिविधि पनि बन्द गर्ने निर्णय भएको हो । बी डिभिजन लिगका विषयमा चैत १२ गतेपछि निर्णय गरिने पनि एन्फाले जनाएको छ । यस्तै चैत १६ गते एन्फाको १९औँ वार्षिक साधरणसभा पनि स्थगित भएको छ । कोरोना संक्रमणको सम्भावित जोखिम रहेको भन्दै फिफा र एएफसीका प्रतिनिधिहरुले उपस्थित हुन नसक्ने जनाएकाले साधरणसभा स्थगित गरिएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अति आवश्यक कामहरु घर बसेर नै सञ्चालन गर्ने गरी व्यवस्था गरिएको पनि जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार