मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

अस्ट्रेलियाविरुद्धको जारी एकदिवसीय सिरिज छोडेर न्युजील्याण्ड स्वदेश फर्किदै

शनिबार, चैत्र १ २०७६

काठमाडौं(एजेन्सी)–अस्ट्रेलिया र न्युजील्याण्डबीचको जारी एकदिवसीय सिरिज स्थगित भएको छ । कोरोनाको संक्रमण बढिरहेपछि सावधानी अपनाउदै दुवै क्रिकेट बोर्डले जारी एकदिवसीय सिरिज स्थगित गर्ने निर्णय गरेका छन् । अस्ट्रेलिया टुरमा भएको न्युजील्याण्ड सिरिज पुरा नगरी स्वदेश फर्किने भएको छ । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले ७१ रनले जितेको थियो ।
विश्वभर कोरोनाको संक्रमण बढिरहेका बेला न्युजील्याण्डले आफ्ना नागरिकलाई स्वदेश फर्किन ट्राभल एडभाइजरी जारी गरेको थियो । शुक्रबारको खेल सकिएपछि न्युजील्याण्डका बलर लुकी फर्गुसनलाई कोरोनाको संक्रमणको आशंकामा टेस्टका लागि पठाइएको छ । २४ घण्टाका लागि उनलाई टिम भन्दा अलग राखिएको बताइएको छ । यस अघि अस्ट्रेलियाका तिब्र गतिका बलर केन रिचर्डसनलाई पनि कोरोनाको आशंकामा शुक्रबारको खेलबाट बाहिर राखिएको भएपनि उनलाई भने कोरोनाको संक्रमण देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार