मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कोरोनाभाइरस फैलिएपछि लण्डन म्याराथन पनि स्थगित

शनिबार, चैत्र १ २०७६

काठमाडौं(एजेन्सी)–कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता ६ महिना पर सारिएको छ । यसअघि अप्रिल २६ मा सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ । सन् १९८१ मा म्याराथनको सुरुवात भएपछि पहिलो पटक प्रतियोगिता स्थगित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार