मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाबीच भेट

बुधबार, फाल्गुन २८ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौलादाता समीक्षा संग्रौलाबीच भेट भएको छ । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे भेटेकी हुन् ।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापा जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार