मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

म्यानचेस्टर डर्बीमा युनाइटेड विजयी, एभर्टनमाथि चेल्सीको फराकिलो जित

सोमबार, फाल्गुन २६ २०७६

काठमाडौं(एजेन्सी)–इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर डर्बी जितेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी मार्सियल र स्कट म्याकटोमीनेले एक एक गोल गरेका थिए । युनाइटेडको घरेलु मैदानमा सम्पन्न यस खेलमा जितपछि युनाइटेड च्याम्पियन्स लिगमा आफ्नो स्थान बनाउने सम्भावना बढेको छ । सिटीको यो हारपछि अब लिभरपुललाई यस सिजनको उपाधि जित्न केवल ६ अंक भए पुग्ने भएको छ । २९ खेलमा ८२ अंक भएको लिभरपुल अब प्रिमियर लिगको उपाधिबाट दुई जित टाढा रहेको छ । त्यस्तै सिटीको भने यस खेलपछि २८ खेलमा ५७ अंक छ भने युनाइटेडको २९ खेलमा ४५ अंक भएको छ ।
एभर्टनमाथि चेल्सीको फराकिलो जित
इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि ४–० को जित हासिल गरेको हो । चेल्सीको जितमा मासन माउन्ट, पेड्रो, विलियन र ओलिभर जिराउडले एक एक गोल गरेका थिए । यो जितसँगै चेल्सीको २९ खेलमा ४८ अंक भएको छ भने लिगको चौथो स्थानमा कायम रहेको छ । त्यस्तै एभर्टनको भने यस सिजनमा खराब प्रदर्शन जारी रहेको छ । एभर्टनको २९ खेलमा ३७ अंक भने लिगको १२औ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार