काठमाडौं(एजेन्सी)–आइसीसीले महिला टी–२० विश्वकप सकिएपछि टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । टिम अफ द टुर्नामेन्टको छानुत पाँच जनाको प्यानलले गरेको आइसीसीले जनाएको छ । प्यानलमा पुर्व क्रिकेटर इयान बिशोप, अन्जुम चोपडा, लिसा स्थालेकर, पत्रकार राफ निकोल्शन र आइसीसीका प्रतिनिधि होली कोल्भिन रहेका थिए । प्यानलले छानेको टिम अफ द टुर्नामेन्टमा विश्वकपको उपाधि जितेको अस्ट्रेलियाबाट पाँच खेलाडी परेका छन् भने सेमिफाइनलबाट बाहिरिएको इङल्याण्डबाट चार खेलाडी परेका छन् । त्यस्तै दक्षिण अफ्रीका र भारतबाट एक एक खेलाडी परेका छन् भने १२औ खेलाडी भारतीय खेलाडी परेका छन् ।
आइसीसीको महिला टी–२० विश्वकपको टिम अफ द टुर्नामेन्ट ः
१. अलिसा हेली (अस्ट्रेलिया) – २३६ रन
२. बेथ मूनि (अस्ट्रेलिया) – २५९ रन
३. मेग लानिंग (कप्तान) (अस्ट्रेलिया) – १३२ रन
४. जेस्स जोनास्सेन (अस्ट्रेलिया) ( १० विकेट
५. मेगन स्चुट (अस्ट्रेलिया) १३ विकेट
६. नाट स्किभर (इङल्याण्ड) – २०२ रन
७. सोफी एक्लेसटोन (इङल्याण्ड) – ८ विकेट
८. हेथर नाइट (इङल्याण्ड) – १९३ रन
९. आन्या शरुबसोले (इङल्याण्ड) – ८ विकेट
१०. लाउरा वोलभारडट (दक्षिण अफ्रीका) – ९४ रन
११. पूनम यादव (भारत) – १० विकेट
१२. शफाली वर्मा (भारत) – १६३ रन