मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आहा ! रारा गोल्डकपको सेमिफाइनलमा पुग्यो मनाङ मस्र्याङ्दी

आइतबार, फाल्गुन २५ २०७६

पोखरा(जस)–१८ औं संस्करणको आहा ! रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा पुगेको छ । झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो । पोखरा रंगशालामा जारी खेलमा मनाङको लागि अन्जन बिष्टले झापा–११ को विरुद्ध १ गोल गरे ।
पहिलो हाफमा बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मनाङका अन्जन बिष्टले गोल गरेका थिए । खेलको ७४ अाैं मिनेटमा अन्जनले गरेको गोल नै निर्णायक गोल बन्यो ।
२७ गते हुने खेलमा मनाङ त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । मनाङ बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेको हो भने झापाले प्रि–क्वाटरफाइनलमा एपिएफलाई टाइ ब्रेकरमा पराजित गर्दै मनाङसँग खेल खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार