मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सहवाग र सचिनले भारतलाई जिताए

आइतबार, फाल्गुन २५ २०७६

काठमाडौं(एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर्ड भएका पुर्व क्रिकेटरहरुको टी(२० लिग भारतको मुम्बईमा शुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रोद सेफ्टी वल्र्ड सिरिज नाम दिइएको यस सिरिजमा ५ देश भारत, वेस्टइन्डिज, अस्ट्रेलिया, दक्षिण अफ्रीका र श्रीलंकाले भाग लिएका छन् । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत लिजेण्डले वेस्टइन्डिज लिजेण्डलाई ७ विकेटले पराजित गरेको छ ।
वेस्टइन्डिज लिजेण्डले दिएको १५१ रनको लक्ष्य भारत लिजेण्डले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि विरेन्द्र सहवागले ५७ बलमा ७४ रन अविजित बनाएका थिए । त्यस्तै भारतीय लिजेण्डको कप्तानी गरिरहेका सचिन तेन्दुलकरले २९ बलमा ३६ रन बनाएर आउट भएका थिए । त्यस्तै मोहमद कैफले १४ र युवराज सिंहले अविजित १० रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजको लिजेण्ड टिमले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो । वेस्टइन्डिजका लागि शिवनारायण चन्द्रपाउलले ६१ रन बनाए भने डारेन गंगाले ३२ र कप्तान ब्रायन लाराले १७ रन बनाए । भारतीय बलर जाहिर खान मुनाफ पटेल र प्रज्ञान ओझाले २(२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच भारतीय लिजेण्ड टिमका विरेन्द्र सहवाग बनेका थिए । हरेक टिमले एक अर्कासँग एक एक पटक खेलेपछि शिर्ष दुई टोलि फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार