मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रिमियर लिगमा लिभरपुललाई २५ अङ्ककाे अग्रता, उपाधि जित्न थप ९ अङ्क आवश्यक

आइतबार, फाल्गुन २५ २०७६

काठमाडौँ(जस)– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २-१ गाेलले हराएको छ । जीतसँगै २९ खेलबाट ८२ अङ्क बनाएको लिभरपुलले दोस्रो स्थानमा म्यानचेस्टर सिटीसँग २५ अङ्कको अग्रता लिएको छ ।

अब लिभरपुलले प्रिमियर लिगको उपाधि पक्का गर्न तीन खेल जित्न आवश्यक रहेकाे छ । खेलकाे नवौं मिनेटमा बर्नमाउथले अग्रता लिएको थियाे । खेलको २५ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले र त्यसको आठ मिनेटमा साडियो मानेले गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार