काठमाडौं(एजेन्सी)–वेस्टइन्डिजले श्रीलंकाविरुद्धको टी–२० सिरिज २–० ले जितेको छ । गएराती सम्पन्न दोस्रो खेल ७ विकेटले जितेपछि सिरिज २–० ले जितेको हो । श्रीलंकाले दिएको १५६ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजका लागि आन्द्रे रसेलले तुफानी पारी खेलेका थिए । रसेलले १४ बल खेल्दै ६ छक्का प्रहार गरेर अविजित ४० रन बनाएका थिए । त्यस्तै ब्रेण्डन किंग र शिमरोन हेटमायरले ४३–४३ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज वेस्टइन्डिजका आन्द्रे रसेल बनेका थिए । योसंगै वेस्टइन्डिज टुरमा रहेको श्रीलंकाले एकदिवसीय सिरिज ३(० ले जितेको थियो भने टी–२० सिरिज वेस्टइन्डिजले २–० ले जितेको छ ।