मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ओमानमा झापाली समाज ओमानको गठन, यस्तो बन्यो कार्यसमिति (नामसहित)

शनिबार, फाल्गुन २४ २०७६

काठमाडौं (जस)–ओमानमा झापाली समाज ओमानको गठन भएको छ। ६ मार्च २०२० का दिन फ्लोरा फार्म हाउस मस्कटमा आयोजित झापाली समाज ओमान गठन तथा बनभोज भेलाले केशब थापाको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो।

नवगठित समितिलाइ अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार दिपक श्रेष्ठले सपथ खुवाउनु भएको थियो साथै उक्त नया समितिलाइ सामाजिक अभियन्ता एन आर एन ए प्रवक्ता डि बि छेत्री, एन आर एन सोसल क्लब ओमानका उपाध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, सामाजिक अभियन्ता तथा नेपाली बुद्ध भिजन ओमानका सल्लाहकार ओमकार तामाङ लगायत सगरमाथा समूह ओमानका सल्लाहकार रमेश लिम्बुले बधाइ मन्तव्य दिनुभएको थियो।

यसै गरि २०२०-२०२२ कार्यकालका लागि चुनिनु भएका अध्यक्ष केशब थापाले ओमानमा हुने सामाजिक कार्य लगायत झापा र नेपाल अनि नेपालिका लागि केन्द्रित रहेर सामाजिक कार्यलाइ अघि बढाउने दृढता प्रकट गर्नु भएको थियो र चाडै नै यो संस्थालाई नेपालमा दर्ता प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिनु भयो।

यसै गरि नव निर्वाचित महासचिव भुमिराज दहालले ओमान स्थित नियोग र सवै संघ संस्था संग हातेमालो गर्दै अघि बढिने तथा अन्तर्राष्ट्रिय झापाली समाजको मूल्य मान्यता र मार्गदर्शन अनुरुप अघि बढिने जनकारी दिनु भयो। अब आउने पहिलो बैठकले बिधान पारित गर्ने, संस्थाका लागि संरक्षक तथा सल्लाहकार समिती अनि बाकी मनोनित केन्द्रिय समिती सदस्य पुर्ति गरिने जानकारी नवनिर्वाचित सचिव हरि घिमिरेले दिनु भयो।

२०२०-२०२२ कार्यकालका लागि नवनिर्वाचित समिति यस प्रकार रहेको छ।

अध्यक्ष : केशब थापा
उपाध्यक्ष : मान ब. श्रेष्ठ
उपाध्यक्ष : पवन शाक्य
महासचिव : भुमिराज दहाल
सचिव: हरि घिमिरे
कोषाध्यक्ष : बिष्णु श्रेष्ठ
सह-कोषाध्यक्ष : शान्ता पराजुलि
केन्द्रिय सदस्यहरु :
मन्जु माझी
कुन्दन श्रेष्ठ
महेन्द्र राइका मगर
राकेश मगर
शोभा देबि राइ

प्रतिक्रिया
सम्बन्धित समाचार