मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अध्यक्ष पन्तलाई वेलायतमा किन देखाइयो कालो झण्डा ?

शनिबार, फाल्गुन २४ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन् वेलायत पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ ।

स्वागतका क्रममा रातो कार्पेटमा हिडिरहेका पन्तलाई कार्यक्रमस्थलको छेउमा कालो झण्डा देखाइएको हो । एनआरएनए बेलायतको स्थापना दिवसको अबसरमा पन्त अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित एक विशेष समारोहमा उपस्थितिका लागि त्यहाँ पुगेका थिए । आर्थिक अपचलनको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको बताइएको छ । यो घटनालाई एनआरएनए एनसीसी बेलायतमा धाँधलीपूर्ण मतदान प्रकृयाबाट कार्यसमिति चयन गरिएको आरोपको सुरुवाती बिबादकै उत्कर्ष रुप मानिएको छ ।

एनआरएनए यूकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरिसकेका थिए। बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मानको पूर्व सन्ध्यामा एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलनमार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह गरेका थिए ।

उता अध्यक्ष पुनम गुरुङले कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्षको सल्लाह विना नै कार्यक्रमको संयोजक, आर्थिक संकलन र आईसिसी मनोनीत रामशरण सिमखडालाई जिम्मा दिएकी थिईन । विश्व समुदाय नै कोरोना संक्रमणबाट त्रासमा भईरहेका बेला कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्षकुमार पन्त जर्मनीबाट आएको भन्दै विवादले झन् उत्कर्षको रुप लिएको छ।

आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा नआउन अनुरोध गरेको थियो । निवर्तमान कार्यसमितिले कारीब चार लाख पाउन्डको हिसाबकिताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरिरहेका छन् । अधिकाश संस्थापक सदस्यहरुले बहिस्कार गरेको उक्त विवादित कार्यक्रमको सहभागीहरुको संख्या न्यून रहेको थियो ।

महासचिव डा। हेम राज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सीना, केहि आइसीसी सदस्यहरु, संघका पदाधिकारी सहित कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रमका प्रमुखअतिथि नेपाली दूतावासका राजदुतलाई आमन्त्रणा गरेपनि दुतावास प्रवक्ता शरदराज आरन सहभागी भएका थिए । गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्ग, कार्यक्रम संयोजक रामशरण सिमखडा लगायत केहि कार्यसमितिका पदाधिकारीहरु मात्रै कार्यक्रममा उपस्थिती थियो ।

समारोहमा संस्थापक सदस्यहरु, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, सल्लाहाकार, केन्द्रीय पार्षद कार्यक्रम बहिष्कार गरेका थिए । यस विषयमा एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले कुनै प्रतिक्रिया दिईनन भने अध्यक्ष पन्तले पनि केहि बोल्न चाहेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार