काठमाडौं(जस)–भारत आइसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार हुने भनिएको इङल्याण्डसँगको सेमिफाइनल खेल बर्षाका कारण रद्ध भएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको छ । त्यस्तै इङल्याण्ड भने दुर्भाग्यवश खेल नै नखेली बाहिरिएको छ ।
भारतले समुह चरणमा चारै खेल जितेको थियो भने इङल्याण्डले तीन खेल मात्र जितेको थियो । योसँगै भारत पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ । यसअघि भारत सेमिफाइनलबाट बाहिरिएको थियो । अघिल्लो विश्वकपमा सेमिफाइनलमा भारत इङल्याण्डसँग नै पराजित भएको थियो । अब भारतले फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल पनि आजै हुने तालिका रहेको छ । भने फाइनल खेल मार्च ८ मा हुने छ ।