काठमाडौं(जस)–कोरोना भाइरसको असर एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई पनि परेको छ । आगामी चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित भएको छ । इपिएल आयोजकले कोरोनाका कारण इपिएल स्थगित भएको जानकारी दिएका छन् । आयोजकले सरकारी निकाय, पÞm्रेन्चाइजीहरु, क्रिकेट संघ, स्पोन्सर, खेलाडी र अन्य स्टकहोल्डरसँगको छलफलपछि हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ । आयोजकले प्रतियोगित को नयाँ मिति पछि सार्वजनिक गर्ने बताएका छन् ।