मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

बुधबार, फाल्गुन २१ २०७६

काठमाडौं(जस)–प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसैसाता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट आएका ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन लामाले तेस्रो स्थान हात पारे ।
तौल समूहमा भने पुरुषतर्फ ३० केजीमा सचिन पुन प्रथम, सागर थिङ द्वितीय र रमित महर्जन तृतीय, ३५ केजीमा विश्वास मल्ल ठकुरी प्रथम, साहिल पुन द्वितीय र विक्रम चौधरी तृतीय, ४५ केजीमा निजर लामा प्रथम, अनमोल मास्के द्वितीय र अनमोल मल्ल तृतीय, ५० केजीमा सञ्जय राई प्रथम प्रविन राना द्वितीय र सञ्जय गुप्ता तृतीय तथा ६० केजीमा थमप्रसाद खड्का प्रथम, पुष्कर राउत द्वितीय तथा अजय चौधरी तृतीय भए ।
यसैगरी तौल समूहमै महिलातर्फ ५० केजीमा संगिता तामाङ प्रथम, अनिता एसके द्वितीय र शान्ति थापा मगर तृतीय, ५५ केजीमा दीपा शाही प्रथम, रञ्जिता गुरुङ द्वितीय र अमृताकुमारी सेन ठकुरी तृतीय तथा महिला खुलातर्फ अम्बिका भुजेल प्रथम, अनुपा नेपाली द्वितीय र जुनकिरी श्रेष्ठ तृतीय भए । नेपालमा क्योकुसिन कराते वि.सं. २०५४ सालमा नै भित्रिएको थियो, त्यतिबेला बालकुमारी डोजोको रूपमा सञ्चालन भएकोमा हाल यसले संघको रूप धारणा गरिसकेको छ । नेपाल क्योकुसिन कराते संघले जापानको क्योकुसिन युनियनबाट समेत सम्बन्धन प्राप्त गरेको छ ।
संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे । आयोजक क्योकुसिन कराते संघका अध्यक्ष सुरेन्द्र डंगोलले अध्यक्षता गरेको उद्घाटन समारोहमा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि सहभागी थिए । प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका रामजीप्रसाद बज्राचार्यले निर्वाह गरे । प्रतियोगिताका विजेतालाई मेडलसहित सिल्ड र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार