मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लिभरपुललाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

बुधबार, फाल्गुन २१ २०७६

काठमाडौं(एजेन्सी)– चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले लिभरपुलाई २–० गोलले हरायो । चेल्सीको जीतमा विलियान र रोज बार्कलीले गोल गरे । लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि लिभरपुल प्रिमियर लिगको वाटफोर्डसँग ३–० गोलले पराजित भएको थियो । १३औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । विलियानको डिबक्स बाहिरको प्रहार सोझै गोलमा परिणत भएको थियो ।
त्यसपछि ६४औं मिनेटमा रोज बार्कलीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । लिभरपुलको अन्तिमसम्म गोल फर्काउने प्रयास सफल नबन्दा हार खेप्न बाध्य बन्यो । अर्काे खेलमा सेफिल्ड युनाइटेडले रिडिङलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्काे खेलमा न्युक्यासलले वेस्ट ब्रोमलाई ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार