मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अध्यक्ष पन्तद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

बुधबार, फाल्गुन २१ २०७६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीज्यूको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उनको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण गरिएको छ । साे विज्ञप्ति यस्ताे रहेकाे छ-

शिघ्र स्वास्थय लाभको कामना

संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको आज त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले हामी लाई खुशी बनाएको छ । समस्त गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । सम्माननीय प्रधानमन्त्री श्री केपि शर्मा ओलीज्यूको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उहाँको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।

कुमार पन्त
अध्यक्ष
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ

४ मार्च २०२०

प्रतिक्रिया
सम्बन्धित समाचार