काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको हो।
प्रधानमन्त्री केपि शर्मा ओलीको नयाँ मिर्गौलाले काम गर्न थालेको प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रत्यारोपणमा सहभागि चिकित्सकले जनाएअनुसार नयाँ मिर्गौला फेरेसँगै प्रधानमन्त्रीले पिशावसमेत फेरेका छन् ।
‘मिर्गौलाले काम गर्न थालेको छ । प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ’, प्रत्यारोपणमा सहभागि चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो।’
ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।