मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भोलिदेखि महिला टी–२० विश्वकपका सेमिफाइनल खेल हुँदैं

मंगलबार, फाल्गुन २० २०७६

काठमाडौं(एजेन्सी)–अस्ट्रेलियामा जारी आइसीसी महिला टी(२० क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । १० देशले भाग लिएको महिला विश्वकपको समुह ए बाट समुहमा शिर्ष स्थानमा रहदै भारत सेमिफाइनलमा पुगेको छ । भारतले लिग चरणका चारै खेल जितेर ८ अंक हासिल गरेको हो । त्यस्तै अस्ट्रेलियाले ४ खेलमा ३ खेल जितेर ६ अंक हासिल गरेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै न्युजील्याण्ड, श्रीलंका र बंगलादेश समुह चरणबाट बाहिरिएका छन् । त्यस्तै समुह बि बाट इङल्याण्ड र दक्षिण अफ्रीका सेमिफाइनलमा पुगिसकेका छन् । लिग चरणका खेल सकिएपछि दक्षिण अफ्रीका ७ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने इङल्याण्ड ६ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।
समुह बि मा रहेका वेस्टइन्डिज, पाकिस्तान र थाइल्याण्ड भने लिग चरणबाटै बाहिरिएका छन् । अब सेमिफाइनलमा भारत इङल्याण्डसँग र अस्ट्रेलिया दक्षिण अफ्रीकासँग सेमिफाइनलमा खेल्ने भएका छन् । अब सेमिफाइनलका खेल मार्च ५ मा हुने छन् । त्यस्तै महिला टी(२० विश्वकपको फाइनल मार्च ८ मा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार