मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एसीसी इस्टर्न रिजन टी–२० : मलेसियासँग नेपाल पराजित

शनिबार, फाल्गुन १७ २०७६

काठमाडौं(जस)–एसीसी इस्टर्न रिजन टी–२० अन्तर्गत अहिले नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा अल अल आउट हुदै १३२ रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंग ऐरीले ३८–३८ रन बनाए भने कुशल मल्ल शुन्य, पारस खड्का ९, पवन सराफ १९, अरिफ सेखले ५, बिनोद भण्डारी ७, करण केसी २ रन बनाएर आउट भए ।
मलेसियाका बलर शर्भिन मुनियान्डीले ४ विकेट लिए भने जागित सिंह, स्याजरुल इदृस र खिजार ह्यातले २–२ विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई १५५ रनको लक्ष्य दिएको थियो । मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।
मलेसियाका लागि सयेद अजिजले सर्वाधिक ५१ रन बनाए भने मोहमद अनवरले ३१, अहमद फैदले ३० र अमिनुदीन रामलीले २९ रन बनाएका थिए । नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने अविनाश बोहोराले २ र करण केसीले एक विकेट लिएका छन् । सन्दीपले यस खेलमा विकेट लिना साथ आफ्नो क्यारियरमा सयौ टी–२० विकेट पुरा गरेका छन् । उनले अहिलेसम्म नेपालका लागि ३० र फ्रेन्चाइजी टी–२० मा ७२ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार