मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कोरोनाको चपेटामा फुटबल : युभेन्टस र इन्टरबीचको खेल स्थगित

शनिबार, फाल्गुन १७ २०७६

काठमाडौं(एजेन्सी)–कोरोनाको संक्रमणले इटाली सिरी ए लाई समेत प्रभावित गरेको छ । यस अघि चार खेल स्थगित भएकोमा अब युभेन्टस र इन्टर मिलानबीचको खेल समेत स्थगित भएको छ । आइतबार राति हुने भनिएको सो खेल शुरुमा बिना दर्शक खेल्ने भनिएको थियो । तर कोरोनाको संक्रमण देशभरमा बढ्दै गएपछि सो खेल मे १३ का लागि सारिएको छ ।
यसअघि उडिनेस र पिÞmओरेन्टिना, पार्मा र स्पाल, एसी मिलान र गिनोया तथा सासुलो र ब्रेसियाबीचको खेल स्थगित भएको थियो । सिरी ए मा अहिले युभेन्टस इन्टर मिलान भन्दा एक अंकले अगाडी रहेको छ । २५ खेलमा युभेन्टसको ६० अंक छ भने इन्टरको २५ खेलमा ५९ अंक रहेको छ । इटालीमा कोरोना संक्रमणको कारण अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार