मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आजदेखि एसीसी इस्टर्न रिजन टी-२० : नेपालले मलेसियाको सामना गर्दै

शनिबार, फाल्गुन १७ २०७६

काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको आजदेखि शुरु हुदै छ । पाँच देश सहभागी यस प्रतियोगिता शुरु हुनु एक दिनअघि शुक्रबार कप्तानमाझ प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

एसिया कप छनौटको प्रतियोगिता भएकाले एशियाकपमा छनौट हुन् यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब सबै टिमलाई रहेको छ ।

यस रिजनमा यस अघि ८ टिमले खेल्ने भनिएको भएपनि कोरोना भाइरसको संक्रमणका कारण चीन, म्यामार र भुटानले आफ्नो नाम फिर्ता लिएपछि पाँच देशबीच यो प्रतियोगिता हुन लागेको हो ।

आजदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली थाइल्याण्डले सिंगापुरसंग खेल्नेछ । खेल बिहान सवा ८ बजे हुने छ ।

यस्तै नेपालले पहिलो खेल शनिबारै मलेसियासँग खेल्दैछ । खेल शनिबार अपराहन्न सवा १२ बजे देखि शुरु हुने छ ।

त्यसैगरी नेपालले दोस्रो खेल आइतबार हङकङसँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेल बुधबार आयोजक थाइल्याण्डसँग र शुक्रबार सिंगापुरसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली बिहीबार थाइल्याण्ड पुगेको हो । नेपालले शुक्रबार अभ्याससमेत गरेको छ ।

नेपाल,थाइल्याण्ड, सिंगापुर, मलेसिया र हङकङले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेपछि अंकतालिकामा शीर्ष दुईमा रहने टिम अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा पुग्नेछन् ।

वेष्टर्न रिजनबाट यसअघि नै युएई र कुवेत छनोट भइसकेका छन् ।

चार देश सहभगी हुने क्वालिफायरको विजेता टोली मात्र सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । जसमा पाँच टेष्ट खेल्ने देशसहित ६ देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार