सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

इरानका उपराष्ट्रपतिलाई लाग्यो कोरोना भाइरस

शनिबार, फाल्गुन १७ २०७६

काठमाडौं / इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई कोरोनाको संक्रमण देखिएको छ ।

इरानमा कोरोनाबाट संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अरु कुनै पनि देशमा उच्च तहका यति धेरै सरकारी अधिकारीलाई उक्त भाइरसले छोएको छैन ।

उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन् ।

इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई समेत कोरोनाको संक्रमण देखिएको थियो । यसैगरी सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोरोना भएको छ । तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामीका कारण मृत्यु भइसकेको छ । इरानमा कोरोनाबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना संक्रमित भएका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार