मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राष्ट्रिय भलिबल खेलाडी चन्द्र र बिनिता सम्मानित

बिहिबार, फाल्गुन १५ २०७६

काठमाडौं (जस)–राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुँवर र बिनिता बुढाथोकीलाई सञ्जय स्मृति प्रतिष्ठानले नगद पुरस्कार सहित सम्मान गरेको छ । प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच चन्द्र र बिनितालाई जनही ३० रुपैयाँ सहित सम्मान पत्रबाट सम्मान गरेको हो । चन्द्र पछिल्लो समय प्रशिक्षकको रुपमा सक्रिय छन् । विनिता राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान हुन् ।
दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र प्रतिष्ठानकी अध्यक्ष एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले सम्मान गरेका थिए । सोही अवसरमा एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड विजेता खेल पत्रकार प्रज्वल ओली, १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली पुरुष र महिला भलिबल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार