मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बहराइनमा ‘कोरोना भाइरस’ संक्रमण पुष्टि भएसँगै नेपालीे दूतावासले गर्यो सजग रहन आग्रह (विज्ञप्तिसहित)

बिहिबार, फाल्गुन १५ २०७६

बहराइन / चिनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बहराइनमा पनि केही व्यक्तिमा फेला परेपछि त्यहाँ रहेका नेपालीलाई सजक र सचेत रहन नेपाली दूतावासले आग्रह गरेको छ । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयबाट कोभिड-१९ को संक्रमणको जानकारी पाएको भन्दै नेपालीहरूलाई सजग र सचेत रहन अनुरोध गरेको हो । दूतावासले यसको लक्षणका कुनै शंका लागेमा बहराइनको स्वास्थ्य मन्त्रालयको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

बहराइनमा हाल २५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । यस्तै अर्को खाडी मुलुक कुवेतमा पनि कोरोना भाइरस संक्रमित भेटिएको खबरसँगै त्यहाँ रहेका नेपालीलाई पनि सजक रहन आग्रह गरिएको छ । कुवेतमा हाल ७० हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।

यसअघि नेपाली रहेका दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित भेटिएकोमा अहिले त्यस क्षेत्रमा संक्रमितहरु दिनानुदिन बढन थालेपछि नेपालबाट कोरिया जान कडाई गरिएको छ भने त्यहाँ रहेका नेपालीलाई सुरक्षितसँग बस्न तथा सजकता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।
विज्ञप्ती

प्रतिक्रिया
सम्बन्धित समाचार