शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दुबईमा शुक्रबार ‘गोर्खाली साँझ’ आयोजना हुँदैं, ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’ र ‘सक्कीगोनी’का कलाकारको बेजोड प्रस्तुति रहने

बुधबार, फाल्गुन १४ २०७६

दुबई । युनाइटेड अरब इमिरेटस (युएई)को दुबईमा फ्रेबुवरी २८ शुक्रबार ‘गोर्खाली साँझ’ आयोजना हुने भएको छ । कार्यक्रम शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मनोज गोर्खालीले बताए । कार्यक्रमलाई युएईका प्रतिष्ठित कम्पनी र समूहको प्रायोजन तथा एनआरएनए आईसीसीका विशिष्ट व्यक्तिहरुको सहयोग रहेको छ । ‘गोर्खाली साँझ’ मा ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’ र भद्रगोलका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई ‘भ्वाइस अफ नेपाल सिजन २’, ‘बुगीवुगी’ र ‘सक्कीगोनी’का कलाकारहरुले रंगीन बनाउने भएका हुन् ।
कार्यक्रममा ‘भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बुसँगै फाइनलिस्ट विकाश लिम्बु, आरिफ राओ, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगरले आफ्नो वेजोड प्रस्तुती दिनेछन् । त्यस्तै नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतमले आफ्नो कलाको जादू देखाउनेछन् ।
कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् भने कार्यक्रममा चर्चित गीत ‘फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र उदाउँदी गायिका स्मिता दाहालले पनि आफ्नो स्वरले दर्शकलाई मन्त्रमुग्ध बनाने छन्् । गायिका प्रविसा र स्मिता पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका कलाकार हुन् । उनीहरूले गाएका गीत युट्युबमा करोडौँ क्लबमा रहेका छन् ।


गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट संकलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाखका दरले सहयोग गरिएको थियो । प्रथम ‘गोर्खाली नाइट’मा नेपाल आइडल सिजन २ का विजेता रबि ओडकासाथै बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, गायक कुलेन्द्र विक, नायिका तथा मोडेल एलिना रायमाझि, बिबेक खतिवडा, शोभा त्रिपाठी र रमेश दुलालले आफ्नो प्रस्तुती दिएका थिए ।
गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रमका आयोजक मनोज गोर्खाली लामोसमयदेखि यूएईलगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुन् । त्यस्तै अर्का आयोजक मदन अधिकारी एनआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र व्यबसायी हुन । मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन् ।


कार्यक्रमको गोल्ड पार्टनरमा एनआरएनए सचिब आरके शर्मा र गौरीराज जोशी, सहकोषाध्यछ लोक दाहाल, प्रवक्ता डिबी क्षेत्री, ,मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग, मध्यपुर्ब युवा संयोजक राज रेग्मी रहेका छन् । यस्तै ब्रोन्ज पार्टनरमा याक एण्ड यति दोहोरी ,नशा लोकदोहोरीलगायत रहेका छन । जनसवाल राष्ट्रिय दैनिक कार्यक्रमको आधिकारिक मिडिया पार्टनरको रुपमा रहेको छ भने रातोपाटी, डिसिनेपाललगायत पनि मिडिया पार्टन।रका रुपमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार