गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा संयोजक हिमाल गुरुङको अध्यक्षतामा स्पोर्ट्स एकेडेमी कार्यसमिति गठन गरेकाे छ । कार्यदलले रवीना थापाको नेतृत्वमा रहेको एनआरएनएको महिला तथा युवा विभाग अन्तर्गत रहेर काम गर्ने छ ।
कार्यसमितिका सबै सदस्यहरूले कार्यनिर्देशिकाको शर्तहरु अनुसार स्वेच्छीकरुपमा काम गर्ने छन । “हामी विश्वस्त छौं कि सबै नियुक्त कार्यसमितिहरुले एकेडेमीको मापदण्डहरूको समर्थन गर्दै, एनआरएन समुदायमा उत्कृष्टता र निरपेक्ष अखण्डताको प्रतिष्ठा बढाउनुहुनेछ” भन्दै एनआरएनएका महासचिव डा. हेमराज शर्माले सबैलाई बधाई ज्ञापन गरेका छन ।
स्पोर्ट्स एकेडेमी कार्यसमितिहरुको विवरणः
