मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘बी’ डिभिजन लिग शुरु : ब्वाइजको विजयी सुरुवात

आइतबार, फाल्गुन ११ २०७६

काठमाडौँ(जस)–‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आइतबार पहिलो खेल श्री कुमारी क्लब र ब्वाइज युनियन क्लबबीच भएको थियो । उद्घाटन खेलमा ब्वाइजले श्री कुमारी क्लबलाई २–० गोलले हरायो । गरेको हो । ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे । ३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिला ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै टोलीलाई जिताए । जितसँगै ब्वाईजले तीन अंक बनाएको छ । ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका लागि एन्फाले बुधबार खेल तालिका सार्वजनिक गरेको थियो । आगामी चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष टोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियसन, पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लबले खेल्नेछन् । एन्फाले ‘बी’ डिभिजन खेल्ने प्रत्येक टोलीलाई तयारीस्वरुप रु १० लाख उपलब्ध गराएको छ । ‘बी’ डिभिजन लिग विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार