मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ : मुख्यमन्त्री पौडेल

बिहिबार, फाल्गुन १ २०७६

हेटौँडा(जस)–वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी भई विभिन्न पदक हासिल गर्नुहुने वाग्मती प्रदेशभित्रका १६३ खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार सन्देश प्रकाशित गर्दै उनले देशलाई संसारभर चिनाउन सफल खेलाडीप्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गरे । प्रतियोगितामा सहभागी मध्ये यस प्रदेशका खेलाडीले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक हासिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार