मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

फुटबल : आर्मी शीर्ष स्थानमा उक्लियो, मनाङ र थ्रीस्टारको जीत

मंगलबार, माघ २८ २०७६

काठमाडौँ(जस)–विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।
त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ ।
थ्रीस्टारको जीत
एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि दिपेश घलेले निर्णायक गोल गरे । दिपेशलले ७७ औं मिनेटमा गरेको गोल र्नै थ्रीस्टारको जितमा पर्याप्त बन्यो । एनआरटीले गोल गर्ने अवसर बनाए पनि सुदुपयोग गर्न सकेन । थ्रीस्टारका ग्वीलामे प्रिसो म्यान अफ दी म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक बनाएको छ । थ्रीस्टार उपाधि होडबाट बाहिरि सकेको छ । १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ । थ्रीस्टारसँगको हारले शीर्ष ६ मा रहने एनआरटीको लक्ष्यमा धक्का लागेको छ ।
मनाङको जित
विभागीय क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी फेरि तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले पुलिसलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको हो । मनाङलाई जिताउन अञ्जन विष्ट र विमल रानाले गोल गरे । खेलको ३२औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १–० गोलको अग्रता दिलाए । खेलको ४३औं मिनेटमा मनाङले अर्को गोल थप्यो। यो पटक भने निशान लिम्बुले दिएको क्रस पासमा अञ्जनले हेडर गोल गरेका हुन् । पहिलो हाफमा नै २–० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा मनाङलाई रोकेपनि गोल गर्न भने सकेन । खेलको ९०औं मिनेटमा पुलिस १० खेलाडीमा सीमित बन्यो । विशाल बस्नेतले रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा झरेको हो । विशालले मनाङका विमललाई गम्भिर फोउल गरेका थिए ।

जितसँगै मनाङले थ्रीस्टार क्लबलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लएको छ । मनाङको १२ खेलबाट २५ अंक छ। मंगलबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले न्यु रोड टिम (एनआरटी) लाई १–० गोलले पराजित गरेको थियो । चौथो स्थानमा रहेको थ्रीस्टारको १२ खेलबाट २३ अंक छ । लिगको शीर्ष स्थानमा भने आर्मी छ । १२ खेलमध्ये ९ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको आर्मीको २९ अंक छ । उपाधि दौडमा रहेको मछिन्द्रको पनि समान खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक छ । मछिन्द्र गत वर्ष लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको हुँदा उसको १ अंक भने काटिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार