काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले एनआरटी क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन विष्टले दुई गोल गरेका छन् भने बिमल राना र दयानन्द सिंहले एक एक विकेट लिएका छन् । त्यस्तै एनआरटीका लागि एक गोल सकल रेग्मीले गरेका थिए । यो जितसँगै मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । मनाङको ११ खेलपछि २२ अंक भएको छ ।
त्यस्तै एनआरटिभने यो सहित चार खेलमा पराजित भएको छ । एनआरटिको ११ खेलमा १५ अंक रहेको छ भने लिगको आठौ स्थानमा रहेको छ । योसँगै लिगको ११औ चरणका खेलहरु सकिएका छन् । ११औ चरण सकिदा त्रिभुवन आर्मी क्लब २६ अंकसहित शिर्ष स्थानमा छ भने मछिन्द्र क्लब २५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै मनाङ २२ अंकसहित तेस्रो र थ्रीस्टार २० अंकसहित चौथो स्थानमा रहेको छ ।