मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कुलबहादुर र सरस्वती उत्कृष्ट वर्ष खेलाडी

आइतबार, माघ २६ २०७६

काठमाडौं(जस)–कुलबहादुर थापा र सरस्वती चौधरी भलिबलका वर्ष खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको एनभीए अवार्ड २०७५ बाट पुरुषतर्फ कलबहादुर र महिलातर्फ सरस्वतीलाई अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमबीच अवार्ड प्रदान गरिएको हो । पुरुषतर्फ सरन क्षेत्री र महिलातर्फ उषा भण्डारी उदयमान खेलाडी घोषित भए ।
यसैगरी वर्ष महिला प्रशिक्षकतर्फ एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट ठहरिए । पुरुषतर्फको वर्ष प्रशिक्षकमा पुलिसका सरोजकुमार श्रेष्ठ उत्कृष्ट घोषित भए । संघले न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईलाई पनि विशेष सम्मान गरेको छ । सवैजनाले अवार्ड सहित जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । बर्षको पुरुष तर्फ उत्कृष्ट टिम अवार्ड नेपाल पुलिस क्लब र महिलामा एपीएफ क्लबले जित्यो । टिम अवार्ड विजेतालाई एक एक लाख रुपैयाँ प्रदान गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार