मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भारतमाथि न्युजील्याण्डको सनसनीपूर्ण जित

बुधबार, माघ २२ २०७६

काठमाडौं(एजेन्सी)–न्युजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । आज सम्पन्न सिरिजको पहिलो खेलमा न्युजील्याण्डले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको ३४८ रनको विशाल लक्ष्यलाई न्युजील्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
न्युजील्याण्डका लागि रोज टेलरले शतकीय पारि खेलेका थिए । टेलरले अविजित १०९ रन बनाएका थिए । त्यस्तै हेनरी निकोलसले ७८ र यस खेलमा कप्तानी गरेका टम लाथमले ६९ रन बनाएका थिए । त्यस्तै मार्टिन गपटिलले ३२ रन बनाएका थिए भने मिचेल सान्टनरले अविजित १२ रन बनाए । भारतीय बलर कुलदीप यादवले २ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
यस अघि भारतले एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजील्याण्डलाई ३४८ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३४७ रन बनाएको हो । भारतका लागि श्रेयस अय्यरले शतकीय पारी खेलेका थिए । भारतका लागि १६औ एकदिवसीय खेलिरहेका श्रेयसले एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलमा पहिलो शतक बनाएका हुन् । उनी १०३ रन बनाएर आउट भए ।
त्यस्तै केएल राहुलले अविजित ८८ रन बनाए भने मयंक अग्रवालले ३२, केदार जादभले अविजित २६, पृथ्वी शाले २० तथा कप्तान विराट कोहलीले ५१ रन बनाए । न्युजील्याण्डका बलर टीम साउथीले २ विकेट लिए भने कोलिन डि ग्राण्डहोम र इश सोढ़ीले एक एक विकेट लिए । यो जितसँगै न्युजील्याण्डले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता हासिल गरेको छ । सिरिजको दोस्रो खेल ८ फेब्रुरुअरीमा हुदै छ । यस अघि खेलेको ५ खेलको टी–२० सिरिज भारतले ५–० ले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार