काठमाडौं(जस)–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार जावलाखेल युथ क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जाउलाखेलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) क्लबलाई १–० गोलले हरायो । जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । सुजितले ३२औं मिनेटमा गरेको गोल नै जावलाखेलका लागि प्रयाप्त बन्यो । बल पोजिसनमा पकड जमाएपनि ब्रिगेडले गोल फर्काउन सकेन । जावलाखेलका दिलन लोक्ताम म्यान अफ दी म्याच चुनिए । जावलाखेलको लिगमा यो चौथो जित हो । जितसँगै १० खेलबाट १५ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा उक्लिएको छ । आठ अंक बनाएको ब्रिगेड ११औं स्थानमा छ ।